नाइजेरियामा सैन्य विमान दुर्घटना

223f338a-5830-4ae4-9ace-ab8a1eb4bdd6

नयाँ दिल्ली: नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार सबै २५ जनाको मृत्यु भएको छ । नाइजेरियाली वायुसेनाको एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य थिए ।
लागोसका लागि नियमित उडानमा रहेको विमान उडेको केही समयमै राडारबाट सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा विमानको भग्नावशेष ओन्डोस्थित इग्बोकाडा सहरको नदी किनारमा रहेको नौसैनिक अड्डानजिक फेला परेको अधिकारीहरूले बताएका छन्।
दुर्घटनापछि विमानमा सवार व्यक्तिको संख्याबारे केहीबेर अन्योलसमेत देखिएको थियो। नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना रहेको बताए पनि वायुसेनाले पछि २० यात्रु र पाँच चालक दलका सदस्य गरी २५ जना मात्र सवार रहेको पुष्टि गरेको हो ।
वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।

About Author

Advertisement