युक्रेनमा रुसको हवाई आक्रमण,दुईजनाको मृत्यु

245037c7-2f98-448b-bf6b-d766d8e3663d

नयाँ दिल्ली : रुसले युक्रेनको राजधानी किभमा अर्को हवाई आक्रमण गरेको छ। किभका मेयर भिटाली क्लिट्स्कोले आक्रमणमा केही गोदामहरूमा क्षति पुगेको बताएका छन्। आक्रमणमा कम्तिमा दुईजनाको मृत्यु भएको जनाइएको छ।
युक्रेनी वायुसेनाले ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको थियो।
यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा ठूलो आक्रमणको योजना बनाइरहेको गुप्तचर जानकारी आफूसँग भएको बताएका थिए।
रुसले जाडो आउनुअघि नै युक्रेनको ऊर्जा र यातायात पूर्वाधारमा आक्रमण तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन्।

About Author

Advertisement