दार्जिलिङमा सेवा, समर्पण र राष्ट्रनिर्माणको २५ वर्ष पुरा भएकमा ‘सेवा ज्योति यात्रा’

6384f875-a7ea-490b-825a-0499c92dd22b

दार्जिलिङ: दार्जिलिङको चौरस्तामा ‘सेवा ज्योति यात्रा’ भव्य रूपमा सम्पन्न भयो। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवाको २५ वर्ष पूरा भएको ऐतिहासिक अवसरमा आयोजित यस कार्यक्रमले सेवा, समर्पण, सुशासन र राष्ट्रनिर्माणको संकल्पलाई अझ बलियो बनाएको छ।
कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणादायी सम्बोधन प्रत्यक्ष प्रसारणमार्फत सुन्ने अवसर प्राप्त भएको बताइएको छ। उनले आफ्नो २५ वर्षको सार्वजनिक जीवनलाई व्यक्तिगत उपलब्धिभन्दा पनि जनसेवा र राष्ट्रसेवाको निरन्तर यात्राका रूपमा प्रस्तुत गरेको भारतीय जनता पार्टीको तर्फबाट बताइएको छ।प्रधानमन्त्रीजीको स्पष्ट सन्देश छ कि ‘सेवा नै संगठनको संस्कार हो, सेवा नै हाम्रो संकल्प हो र विकसित भारत निर्माण नै हाम्रो साझा लक्ष्य हो।’ विगत २५ वर्षमा गुजरातको मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्रीसम्मको यात्रामा मोदीजीले अन्त्योदय, गरीब कल्याण, महिला सशक्तीकरण, युवा शक्ति, आत्मनिर्भर भारत र विकसित भारतको संकल्पलाई केन्द्रमा राख्दै देशलाई नयाँ दिशातर्फ अघि बढाएको बताइएको छ।


यस अवसरमा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, सांसद राजु विष्ट, विभिन्न पञ्चायत समितिका प्रधान तथा सभापतिहरू, जनप्रतिनिधिहरू, पार्टीका पदाधिकारीहरू एवं ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

About Author

Advertisement