नशालु पदार्थ दुरूपयोग र रोकथामबारे कार्यक्रम आयोजित

IMG-20230403-WA0268.jpg

मंगन: बालक-बालिकामा लागू औषधि र मादक पदार्थ दुरुपयोग रोकथाम अनि यसको वैध तस्करी विषयबारे विश्लेषण र न्यूनीकरण गर्न आज मंगनमा जिल्लापाल हेमकुमार छेत्रीको अध्यक्षतामा संयुक्त कार्य योजनाको बैठक सम्पन्न भयो। बैठकमा जिल्लापाल छेत्रीसँगै मंगन जिल्लाका पुलिस अधीक्षक, डीईओ (शिक्षा) मंगन अनि सम्बन्धित विभागीय कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। सम्बन्धित हितधारकहरूलाई संयुक्त कार्य योजना अर्थात ज्यापसँग परिचित गराउन अनि ज्यापमा प्रकाश पारिएका प्रावधानहरूलाई सक्षम बनाउन उठाइएको पहलहरूमाथि चर्चा गर्नको निम्ति यो बैठक आयोजन गरिएको थियो।

About Author

Advertisement