वर्तमान सरकारले शिक्षालाई प्राथमिकता दिएको छः अध्यक्ष डीबी गुरूङ

IMG-20230403-WA0265.jpg

सोरेङ: गत ३० मार्चदेखि शरु भएको चुम्बुङ बुदाङ निम्न उच्च विद्यालयको ६ दिवसीय स्वर्ण जयन्तीको आज चौथो दिन भव्यताको साथमा सम्पन्न भयो। आज चौथो दिनको कार्यक्रममा मुख्य अतिथिको रुपमा सिक्किम राज्य व्याङ्कका अध्यक्ष डीबी गुरूङ उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा कौशल विकास विभागका अध्यक्ष बिनोद बस्नेत, एनटी विभागीय अध्यक्ष बसन्त तामाङ, जन कल्याण प्रकोष्टका संयोजक मनोज लामा लगायत अन्यको उपस्थिति रहेको थियो। आजको चौथो दिनको कार्यक्रममा क्षेत्रको विभिन्न माध्यमिक विद्यालयबीच नेपाली नृत्य प्रतियोगिता आयोजना गरिएको थियो, जसमा नेपाली नृत्य प्रतियोगितामा टिम्बुरबुङ माध्यमिक विद्यालय प्रथम, च्याखुङ माध्यमिक विद्यालय दोस्रो अनि मंग्सारी माध्यमिक विद्यालय तेस्रो बनेको छ। विजेता अनि उप विजेता विद्यालयहरूलाई मुख्य अतिथिको बाहुलीबाट पुरस्कार प्रदान गरियो। यसरी नै आजको कार्यक्रममा आयोजक समितिले विभिन्न क्षेत्रमा योगदान पुऱ्याउनेहरूलाई अभिनन्दन जनायो। अभिनन्दित व्यक्तिहरूमा स्कूललाई भूमिदान गर्ने दिल कुमार राई, च्याखुङ बुदाङ पाठशालाका प्रथम शिक्षक शेर बहादुर छेत्री, २५ वर्षसम्म निरन्तर ग्राम पञ्चायतको रुपमा निर्वाचित बनेर ग्रामवासीलाई सेवा पुऱ्याउने सुवाष चन्द्र राई, अन्तरराष्ट्रिय फूटबल खेलाड़ी उत्तम राई, वर्ष २००५ देखि २००८ सम्म सित्थैमा शिक्षा दिने शिक्षक स्वर्गीय मीत्रबहादुर राई, वर्तमान जिल्ला पञ्चायत एवं वर्ष २००५ मा चुम्बुङ बुदाङ विद्यालयलाई सित्थैमा शिक्षा दिने शिक्षक गौतम राई, वर्ष २००५ मा यो स्कूललाई सित्थैमा शिक्षा दिने शिक्षक जोएल राई, वर्ष २००५ मा विद्यालयलाई निःशुल्क शिक्षा प्रदान गर्ने शिक्षिका ललिता राई अनि वर्ष २००५ मा यो पाठशालामा सित्थैमा शिक्षा सेवा दिने शिक्षिका हेमकुमारी छेत्री रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि गुरूङले चुम्बुङ बुदाङ निम्न उच्च विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पुरा गरेकोमा विद्यालय परिवारलाई बधाई दिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा वर्तमान सरकारले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी गराए। आर्थिकरुपमा कमजोरवर्गका दक्ष विद्यार्थीहरूले पनि वर्तमान सरकारको सहयोगमा उच्च शिक्षा आर्जन पाइरहेकोमा उनले खुशी प्रकट गरे। निकट भविष्यमा सिक्किमको शिक्षा व्यवस्थालाई अति सुदृढ़ बनाउने राज्य सरकारले प्रयास गरिरहेको उनले जानकारी गराए।

About Author

Advertisement