माननीय मन्त्री कुङ्गा निमा लेप्चाले गरे अप्पर बोरोङ मोडल स्कूल र बोरोङ माध्यमिक विद्यालयको

IMG-20230403-WA0267.jpg

गान्तोक: सिक्किम सरकारको शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चा अनि विभागिय अधिकारीहरूले आज बर्फूङ निर्वाचन क्षेत्रको अप्पर बोरोङ मोडल प्राथमिक पाठशाला अनि बोरोङ माध्यमिक विद्यालयको भ्रमण गरे। स्कूलको भ्रमण गरी यहाँको पूर्वाधार विकास, आवश्यकता तथा अभावबारे मन्त्रीले जानकारी लिए। विभागीय अधिकारीहरूसँगै मन्त्री स्वयंले स्कूलहरुको दुःख सुख बुझिदिएकोमा क्षेत्र वासी साथै फामताम बोरूङ पंचायत इकाईका जिल्ला तथा वार्ड पंचायतगण अनि गाउँलेहरूको तर्फबाट मन्त्रीप्रति आभार व्यक्त गरिएको बताइएको छ। भ्रमण अवधिमा उनले पार्टीको कर्मठ कार्यकर्ताहरू सँग पनि भेट गरेर अन्तरक्रिया गरे।

About Author

Advertisement