नम्बर एक टेनिस खेलाड़ी यानिक सिनर चोटको उपचार गराउन रहल सीजनबाट बाहिर

IMG-20261006-WA0067

नयाँ दिल्ली: इटलीका स्टार खेलाड़ी यानिक सिनरले २०२६ सीजनलाई समयभन्दा अघि नै समाप्त गर्ने फसेला गरेका छन्। विश्वका नम्बर एक पुरुष टेनिस खेलाड़ी सिनर यस साल जुलाई महिनादेखि नै चोटसँग जुझिरहेका छन् अनि अब उनले घुँड़ाको उपचारमा ध्यान दिने फसेला गरेका छन्। सिनरले मंगलवार सोशल मीडियाको माध्यमले आफ्नो फसेलाबारे जानकारी दिएका छन्। उनले बताएअनुसार, डाक्टरहरूसँग चर्चापछि उनले घुँड़ाको उपचारको निम्ति एउटा कोर्स शुरु गर्ने निर्णय लिएका छन्। यसैकारण २०२६-को उनको सीजन आधिकारिक रूपले समाप्त भयो। सिनरले भनेका छन्, डाक्टरहरूसँग मिलेर मैले आफ्नो घुँड़ाको उपचार गर्नु जरूरी रहेको फसेला गरेको छु। यसैकारण मेरो निम्ति २०२६-को सीजन आधिकारिक रूपमा समाप्त भयो। विश्वका नम्बर १ खेलाड़ी विम्बल्डनमा खिताब जितेपछि कोर्टमा ओर्लिएका छैनन्। उनले चोटले गर्दा नै उत्तर अमेरिकी हार्ड कोर्ट चरण र एशियाई चरणमा पनि हिस्सा लिएनन्। सिनरले लामो समयको करियरलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोऱ्याएका छन्। उनले भने, अहिले मेरो निम्ति आफ्नो भविष्य र लामो करियरबारे सोच्नु जरूरी छ। म सम्पूर्ण रूपले फिट भएर चाँड़ै कोर्टमा ओर्लिन चाहन्छु। उल्लेखनीय छ, सिनरको निम्ति २०२६-को शुरुवात असाधारण रह्यो। उनले इण्डियन वेल्स, मियामी, मोण्टे कार्लो, म्याड्रिड र रोममा लगातार पाँचवटा एटीपी मास्टर्स १००० खिताब जिते। यी उपलब्धिहरूका साथमा उनले करियर गोल्डन मास्टर्स पनि पूरा गरे। उनी निट्टो एटीपी फाइनल्समा वर्तमान च्याम्पियन पनि हुन्। यस साल उनको लगातार जीतको क्रम फ्रेञ्च ओपनको दोस्रो राउण्डमा जुआन मेनुअल सेरुण्डोलोविरुद्ध हारको साथ रोकिएको थियो। त्यसअघि सिनरले लगातार ३० वटा म्याच जितेका थिए। त्यसपछि सिनरले असाधारण पुनरागमन गर्दै जर्मनीका अलेक्जेण्डर ज्वेरेवलाई फाइनलमा पराजित गरी ग्रास कोर्टमा प्रतिष्ठित विम्बल्डनको खिताब जितेका थिए।

About Author

Advertisement