नक्सलबारी विवेकानन्द सेवा भारतीको नयाँ भवन उद्घाटन

IMG_20220810_202522.jpg

नक्सलबारी: आज नक्सलबारी विवेकानन्द सेवाभारतीको नवनिर्मित भवनको विधिवत् उद्घाटन गरियो। नक्सलबाकीको दयारामजोतमा आज एउटा कार्यक्रम बीच उक्त नयाँ भवनको उद्घाटन गरियो। यस भवनको निर्माण गत साल रामनवमीदेखि शुरू गरिएको थियो। आज भवनको प्रांगणमा वृक्षरोपण साथै गीता पाठ समारोहको पनि आयोजना गरिएको थियो। यस अवधि राष्ट्रीय स्वयंसेवक सङ्घका उत्तरबंग प्रचारक श्यामाचरण राय, संभागीय संघ चालक केपी अग्रवाल, ऋषिकेश साहा, अमिताभ मिश्रा, सेवा भारती सचिव सुनील शाह, गणेश चन्द्र दे आदि उपस्थित थिए।

About Author

Advertisement