सिलगढी: आज सिलगढी विधान मार्केट व्यवसायी समितिको तर्फबाट दार्जिलिङ मेल आउँदो १५ अगस्तदेखि हल्दीबाड़ीदेखि चल्न शुरू गर्ने भएपछि यसको विरोध जनाउँदै रेलवे अधिकारीलाई एउटा ज्ञापन सुम्पिएको छ। यसबारे सङ्गठनका संयुक्त सचिव राजू दे-ले भने, दार्जिलिङ मेल सिलगढीको गौरव हो तर ट्रेनलाई सिलगढीबाट हटाएर हल्दीबाड़ी लगिँदैछ। यसले गर्गा सिलगढीका मानिसहरू अनि व्यवसायीहरूलाई धेरै नोक्सान हुनेछ। यसैले हल्दीबाड़ीबाट वैकल्पिक ट्रेनको व्यवस्था गरेर एनजेपीबाट नै दार्जिलिङ मेल शुरू गरिनु पर्ने आफुहरूको माग रहेको छ।










