नक्सलबारीमा जिल्ला तृणमूलको तर्फबाट विश्व आदिवासी दिवस पालन

IMG_20220809_165903.png

नक्सलबारी: नक्सलबारीमा दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेसको पहलमा विश्व आदिवासी दिवस पालन गरियो। नक्सलबारी कम्युनिटी हलमा आज राष्ट्रिय ध्वज फहराएर, राष्ट्र गीत गाएर विश्व आदिवासी दिवस पालन गरिएको थियो। सिलगढी महकुमा परिषदका सहायक सभाधिपति रूमा रेशमी एक्का तथा जिल्ला तृणमूल अध्यक्ष पापिया घोषले पनि धामसा मादलको धुनमा नृत्य गरेको देखियो। यस अवसरमा महकुमा परिषदका सभाधिपति अरुण घोष, सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, दीपक शील, पृथ्वीश राय, आनन्द घोष लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement