दार्जिलिङ: दार्जीलिङको मुस्लिम समुदायको आतित्थ स्वीकार गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, साङ्गठनिक सचिव दिपेन माले लगायत पार्टीका अन्य प्रतिनिधिहरूले मुहर्रममा आफ्नो उपस्थिति दिएर दार्जिलिङको मुस्लिम समुदायसँग आत्मियता साटेका छन्। गोर्खा जातिलाई सङ्कट परेको खण्डमा अनि गोर्खा जातिको उन्मुक्तिको हरेक आन्दोलनमा आफ्नो तिहारहरुलाई पनि पर सारेर साथ दिने दार्जिलिङका यी मुस्लिम समुदायको योगदान स्मरणीय रही आएको कुरा बिमल गुरूङले जनाएका छन्।









