धनकुटामा प्रहरीले फाँड्यो गाँजाको बोट

IMG-20241008-WA0206

भद्रपुर: प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका केहि क्षेत्रमा गाँजाका बोट नष्ट गरेको छ। भर्खरै उम्रेका गाँजाका बेर्ना नष्ट गरिएको प्रहरीको दावी छ।
इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका–३, ४ र ५ वडा एरियाको १० रोपनी क्षेत्रफलमा रहेका ६ हजार ५०० बोट, साँगुरीगढी ७ र ८ स्थितमा २ हजार ५०० बोट र पाख्रिबास–१० स्थितमा ९ सय बोट नष्ट गरेको हो।
अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको जानकारी छ। तर, गाँजा कारोबार गर्नेहरुले भने प्रहरीले नष्ट गर्ने बेर्ना काम नलाग्ने मात्रै हुने गरेको आरोप लगाउने गरेका छन्। गाँजाका बेर्ना समेत फल्ने र नफल्ने हुने भएकोले प्रहरीले नाबो मात्रै फाँडेर हिड्ने त्यसपछि बीउ छरेर उत्पादन गरेको गाँजा फलाएर बिक्री हुने गरेको बताइन्छ।
वर्षात्मा पानी परेर भिजेको जमिनमा नाबो गाँजाका बिरुवा जताततै उम्रने गरेको छ। यसको बीउ भने खेतीयोग्य जमिन र खासगरी प्रहरीको आँखा नपुग्ने पाखामा छरिने गरिएको बताइन्छ। यदि फल्ने नै गाँजा बारीमा प्रहरी पुगे त्यसको कमिसन लिइसक्ने आरोप लगाउने गरिन्छ।

About Author

Advertisement