विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु

IMG-20241008-WA0200

भद्रपुर: रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो।
युवक अस्लोक कुमारलाई आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो। उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा ल्याइएकोमा आज चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

About Author

Advertisement