दोस्रो हाफको उत्कृष्ट प्रदर्शनले मोरक्को क्वार्टर फाइनलमा

IMG-20260705-WA0006(1)

ह्युस्टन: मोरक्कोले दोस्रो हाफको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फिफा वर्ल्ड कप २०२६-को क्वार्टर फाइनल राउण्डमा स्थान बनायो। शनिवार राति खेलिएको राउण्ड अफ् १६-को पहिलो म्याचमा मोरक्कोले सह-आयोजक क्यानाडालाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट स्टार मीडफिल्डर अज्जेदीन औनाहीले २ र सुफियान रहीमीले १ गोल गरे। अब बोस्टनमा खेलिने क्वार्टर फाइनलमा मोरक्कोको सामना फ्रान्ससँग हुनेछ। ह्युस्टन स्टेडियममा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने क्यानाडाको शुरुवात चाहिँ असल रहेको थियो अनि टीमले पहिलो हाफसम्म मोरक्कोलाई दबाउमा राखेको थियो। पहिलो हाफमा अली अहमदको पासमा तानी ओलुवासेयी गोलको नजिक पुगेका थिए तर मोरक्कोका गोलकीपर यासीन बूनूले असाघारण शेभ गरी टीमलाई बचाए। त्यसपछि पहिलो हाफमा मोरक्कोलाई ठूलो झट्का लाग्यो। टुर्नामेण्टमा टीमको निम्ति शीर्ष स्कोरर रहने इस्माइला साइबारीले चोटले गर्दा २२औं मिनटमा मैदान छोड़नु पऱ्यो। उनको स्थानमा सुफियान रहीमी मैदानमा ओर्लिए। दोस्रो हाफको खेलमा चाहिँ मोरक्कोले म्याचको रंग बदलियो। अचरफ हकिमीको असाधारण सेट पीसमा अज्जेदीन औनाहीले ५०औं मिनटमा गोल गरी मोरक्कोलाई १-०-को बढ़त दिलाए। यस गोलले मोरक्कोको आत्मविश्वास बढ़यो जबकि क्यानाडाको टीम चाहिँ दबाउमा पऱ्यो। त्यसपछि ८२औं मिनटमा तेज प्रतिआक्रमणको अवधि ब्राहिम डियाजको पासमा औनाहीले व्यक्तिगत दोस्रो गोलको साथ मोरक्कोको बढ़तलाई दोब्बर पारे। अन्तमा इञ्ज्युरी टाइमको आठौं मिनटमा ब्राहिम डियाजको थ्रू पासमा सुफियान रहीमीले गोल गरी मोरक्कोको जीत सुनिश्चित गरे। यस जीतको साथ मोरक्को लगातार दोस्रोपल्ट फिफा वर्ल्ड कपको क्वार्टर फाइनलमा पुग्यो। यसरी टीम एकाधिकपल्ट वर्ल्ड कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो अफ्रिकी देश बन्यो। कतर २०२२-मा सेमिफाइनलसम्म पुगेर इतिहास रच्ने एटलस लायन्सको टीमले एकपल्ट फेरि खिचाब जित्ने होड़मा आफ्नो मजबूत दावेदारी पेश गरेको छ। यसरी क्यानाडाको असाधारण वर्ल्ड कप अभियान राउण्ड अफ १६-मा समाप्त भयो।

About Author

Advertisement