अभिनेता आमिर खान र गौरी स्प्र्याट वैवाहिक बन्धनमा बाँधिँदै

aamir-khan-confirms-wedding-with-gauri-spratt

पाली हिलस्थित निवास दुलहीझैँ सजाइयो

​नयाँ दिल्ली: बलिवुडका प्रतिष्ठित अभिनेता आमिर खान आज अर्थात् ५ जुलाई २०२६ का दिन आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग लगनगाँठो कस्दै छन्। अन्य विशिष्ट कलाकारहरूको जस्तो भव्य होटलमा नभई आमिरले मुम्बईको विलासी क्षेत्र पाली हिलस्थित आफ्नै पुस्तैनी निवासमा वैवाहिक कार्यक्रमको आयोजना गरेका छन्। विवाहका लागि आमिरको उक्त घरलाई यतिबेला दुलहीझैँ बत्ती र फूलहरूले सुन्दर ढंगमा सजाइएको छ भने विवाहको तयारी अन्तिम चरणमा पुगेको पारिवारिक स्रोतले जनाएको छ।
​यस घरसँग अभिनेता आमिर खानको निकै भावनात्मक र पुरानो सम्बन्ध रहेको छ। उहाँ केवल ११ महिनाको हुँदा उहाँको परिवार हिल रोडबाट पाली हिलस्थित यसै घरमा बसाइँ सरेको थियो र उहाँले आफ्नो जीवनको लामो समय यहीँ बिताउनुभएको छ। घरको मूल ढोका अगाडि रहेको ऐतिहासिक ६० वर्ष पुरानो पीपलको रूख आमिरकी आमाले उहाँका भाइ फैसलको जन्म हुँदा रोप्नुभएको थियो, जसको उचाइ अहिले घरको छतसम्म पुगेको छ। चारैतिर हरियाली, काठको आकर्षक ढोका, ठूला झ्यालहरू र शान्त वातावरण रहेको यो घर भित्रबाट पनि निकै कलात्मक र आधुनिक छ। घरको बार्दली (बालकनी) आमिरलाई सबैभन्दा मनपर्ने स्थान हो, जहाँ बसेर उहाँ खन्डाला जस्तै शान्त प्राकृतिक वातावरणको अनुभूति गर्नुहुन्छ। यही विशेष र आत्मीय आशियाना अब आमिर र गौरीको नयाँ वैवाहिक जीवनको साक्षी बन्ने भएको छ, जहाँ परिवार र नजिकका साथीहरूको उपस्थितिमा गौरीले गृहप्रवेश गर्दै आफ्नो नयाँ जीवनको सुरुवात गर्नेछिन्।

About Author

Advertisement