दोस्रो टी२० सहित सीरीज जित्न सफल भारत

IMG-20260725-WA0091

हरारे: भारतले दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक जिम्बाब्वेलाई सजिलैसँग ९० रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा २-० को अजेय बढ़त हासिल गऱ्यो। सीरीजको तेस्रो तथा अन्तिम म्याच आइतवार खेलिनेछ। यो भारतका कप्तान श्रेयस अय्यरको पहिलो सीरीज जीत हो। हरारे स्पोर्ट्स क्लबमा आज टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेटमा २१९ रन बनायो। त्यसपछि जिम्बाब्वे १७.५ ओभरमा केवल १२९ रन बनाएर अलआउट भयो। म्याचमा पहिला ब्याटिंग गर्दै भारतको शुरुवात असल रहेन अनि २९ रनमै ओपनिंग जोड़ी पभेलियन फर्किसकेको थियो। यसमा वैभव सूर्यवंशीले २० र अभिषेक शर्माले ८ रन बनाए। त्यसपछि भारतीय ईनिंग्सलाई विकेटकीपर ब्याटर ईशान किशनले सम्हाले। उनले कप्तान श्रेयस अय्यरसँग मिलेर तेस्रो विकेटको निम्ति ६६ रनको पार्टनरशीप गरे। भारतीय कप्तान २५ रन बनाएर आउट भएपछि किशनले तिलक वर्मासँग मिलेर चौथो विकेटको निम्ति ९४ रनको पार्टनरशीप गरे। प्लेयर अफ द म्याच रहने किशनले १८औं ओभरमा आउट हुन अघि ९ वटा चौका र २ वटा छक्काको साथ ४४ बलमा ८१ रन बनाए। त्यसपछि तिलकले रिंकू सिंह (१२) र शिवम दुबे (अविजित ६ रन) सँग मिलेर टीमको स्कोर २१९-सम्म पुऱ्याए। तिलकले ५ वटा चौका र ३ वटा छक्काको साथ २९ बलमा अविजित ६० रन बनाए। जवाफमा जिम्बाब्वेको शुरुवात चरम दयनीय रह्यो अनि एक समय ६५ रनमै ५ विकेटको पतन भइसकेको थियो। प्रिन्स यादवको साथमा पदार्पण म्याच खेलिरहेका यश ठाकुरले विध्वंशी बलिंग गरे। ओपनर ब्रायन बेनेटले ३२ रन बनाए पनि उनले साथी खेलाड़ीहरूबाट साथ पाएनन् । बेनेटले १९ बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए। निराशाजनक शुरुवातपछि तादिवानाशे मारुमानिले २४ र रेयान बर्लले २० रन बनाएर प्रयास गरे पनि कुनै फाइदा भएन। भारतीय बलरहरूमा अभिषेक शर्माले सर्वाधिक ३ विकेट लिए। यसबाहेक यश र प्रिन्सले पनि २-२ विकेट हासिल गरे।

About Author

Advertisement