देउराली संघ नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी

३० अगस्तः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजन गरिने देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- को फिक्स्चर जारी गरियो। रंगमोहन हाई स्कूल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टको शुरुवात २ सेप्टेम्बरदेखि हुनेछ। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिनेछ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement