दिग्गज फूटबलर अञ्जु तामाङसँग अनुबन्ध गऱ्यो ओडिशा एफसी-ले

IMG-20221028-WA0254.jpg

२८ अक्टोबरः भारतीय सीनियर महिला फूटबल टीमकी दिग्गज मीडफिल्डर अञ्जु तामाङसँग नयाँ सीजनको निम्ति ओडिशा एफसी-ले अनुबन्ध गऱ्यो। कठोर मेहनत र आफ्नो प्रतिभाको दममा डुवर्सको सानो जग्गाबाट अघि बढ़ेर शीर्ष स्तरमा छाप छोड़्ने २६ वर्षीय अञ्जुलाई अब आउँदो सीजनमा क्लब फूटबलमा ओडिशा एफसी-को जर्सीमा देखिनेछ। अञ्जुले यसअघिसम्म सेथु एफसी-को प्रतिनिधित्व गरेकी थिइन्। संयोगले पहाड़कै एक दिग्गज पूर्व फूटबलर क्रिस्पिन छेत्री ओडिशा एफसी-को सीनियर महिला टीमका प्रशिक्षक पनि हुन्।

About Author

Advertisement