दार्जीलिङ नगरपालिकाकोभागोप्रमोको १६ जना पार्षदहरुद्वारा खरसाङमा सभा डाकेर नयाँ बोर्ड बनाउने तयारी

IMG-20221217-WA0118.jpg

बहुमत सिद्ध गर्नु सक्नु भएन भने तपाईहरूको त्यो पदमा रहने कुनै अधिकार छैन, कुर्सी चाँडै खाली खाली गर्नुहोस: विष्णु मल्ल

खरसाङ: दार्जिलिङ नगरपालिकाको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका १६ पार्षदहरुले आज खरसाङमा एउटा बैठक बसेर बोर्ड गठन गर्ने तयारी थालेका छन्। दार्जीलिङ नगरपलिकाका अध्यक्षलाई बहुमत सिद्ध गर्न नसके पद त्याग्न लगाउने निर्णय पनि सभामा गरेको जानकारी प्राप्त भएको छ। खरसाङको पंखाबारी रोडस्थित एक होटलमा दार्जीलिङ नगरपालिकाका १६ जना पार्षदहरू, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाको विशेष उपस्थितिमा एउटा कोठे बैठक बसेको छ। उक्त बैठक पश्चात पार्षद मुकुन्दराज बराइलीले बैठक विषय जानकारी दिँदै भने, “गत महिना २८ तारिक हामीले दार्जिलिङ नगरपालिकाको चेयरम्यानलाई फ्लोर टेस्ट गरेर बहुमत सिद्ध गर भनी पत्राचार गरेका थियौं। विपक्षले फ्लोर टेस्ट गराउनु भनी दिएको समय पूरा भएको छ। तरै पनि दानपा अध्यक्ष नितेश पोर्तेलले कुनै कदम नै उठाएनन्। अफसोसको कुरा उल्टा यदि फ्लोर टेस्ट गराउने कुनै नोटिस आउँछ भने त्यसलाई म अनदेखा गर्छु भन्ने जस्ता बयान दिए। प्रजातन्त्रमा विपक्षको आवाजलाई सुनेर पनि नसुनेको जस्तो गर्छ भने उहाँहरू कतिको प्रजातान्त्रिक छन्, देखाउँछ। यही महिना दानपा उपाध्यक्षलाई दोस्रो नोटिस पठाइएको थियो। आगामी २० तारिक सम्ममा हाम्रो पार्टीले आफ्नो बहुमत स्थापना गर्नु पर्नेछ। अध्यक्षले आफ्नो मौका गुमाई सक्नु भएको छ। हेरौ उपाध्यक्षले के गर्ने हुन्!”
हाम्रो पार्टीबाट पार्षदहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि दार्जीलिङ नगरपालिका बोर्डमा यो समय हाम्रो पार्टीको बहुमत छैन।
अधिवक्ता अमर लामा भन्छन, “दानपाको संकट अब धेरै दिन छैन। बोर्डको कोही पनि तीनजना पार्षदहरुले नोटिस काटेर बोर्डको बैठक डाक्न सक्नेछ। त्यो बैठकको एक मात्र एजेण्डा हुनेछ बहुमत सिद्ध गर्नु। हाम्रो पार्टीले बहुमत देखाउनु त सक्दैन नै। आफ्नो पक्षमा बहुमत नभएको कारण नै उनीहरूले आजसम्म सभा बोलाउनु सकेको छैन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दार्जीलिङ नगरपालिकाको बोर्ड अवश्य गठन गर्नेछ।”
त्यसरी नै पार्षद विष्णु मल्लले भने, “दानपा अध्यक्ष अनि उपाध्यक्षले दिइएको समयमा बैठक डाकेर आफ्नो बहुमत सिद्ध गर्नु सक्नु भएन भने उहाँहरूको त्यो पदमा रहने कुनै अधिकार छैन। उहाँहरूले कुर्सी चाँडै खाली गर्नु हुनेछ भन्ने हामी आशा राख्दछौं।”
स्मरण रहोस हाम्रो पार्टीका दोर्जे शेर्पाको पनि आजको बैठकमा उपस्थिति रहेको थियो।

About Author

Advertisement