दार्जीलिङको चौरस्तामा भीआईपीका लागि बनाइएको अस्थायी शौचालयप्रति गोरामुमोको आपत्ति, तत्काल हटाउन माग

IMG-20261028-WA0084

दार्जिलिङ: दार्जीलिङको चौरस्ता परिसरमा आजदेखि सुरु भइरहेको सारस मेलालाई लिएर भीआईपीका लागि निर्माण गरिएको अस्थायी शौचालयप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), दार्जीलिङ ब्राञ्जले कडा आपत्ति जनाएको छ।
चौरस्ता परिसरमा शौचालयको व्यवस्था हुँदाहुँदै पनि आयोजक टोलीले यसरी जथाभावी रूपमा अस्थायी शौचालय निर्माण गर्नु स्थानीयवासीको सम्मान र भावनाप्रतिको बेवास्ता भएको गोरामुमो दार्जीलिङ ब्रान्चको भनाइ छ।

गोरामुमोले सार्वजनिक स्थलको मर्यादा र स्थानीयवासीको भावनालाई ध्यानमा राख्दै उक्त अस्थायी शौचालय तत्काल हटाउन आयोजक टोलीसँग माग गरेको छ। साथै, यस्ता कार्य गर्दा सम्बन्धित पक्षले स्थानीय क्षेत्रको गरिमा र जनभावनालाई प्राथमिकता दिनु पर्नेमा पनि जोड दिएको छ।

About Author

Advertisement