खरसाङ: खरसाङ बजारमा रहेको विभिन्न सिण्डीकेटहरुको गाडीहरु प्रशासनले रोडमा राख्नु नदिएपछि खरसाङका विधायक सोनाम लामा र पुलिस प्रशासनसित सभा गरेर हालमा पुरानै स्थानमा गाडीहरु सञ्चालन भईरहेको छ। यस विषयमा आज खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर खरसाङ क्षेत्रका सेण्डीकेटका चालकहरुले जनसाधारणलाई पुरानै स्थानमा आएर गाडीहरु चढिदिने अनुरोध गरेका छन्। चालकहरुको पक्षमा धिरेन प्रधानले पत्रकारहरुलाई सम्बोधन गर्दै गत केही दिन अघि खरसाङ महकुमा पुलिस अधिकारीको नेतृत्वमा सेण्डीकेटका गाडीहरुलाई रोडमा राख्न दिएको थिएन र २६ अक्टोबरको दिन खरसाङका विधायक सोनाम लामालाई ज्ञापन पत्र बुझाएको र पुलिस प्रशासनसित सभा बसेर खरसाङ क्षेत्रका सेण्डीकेटका गाडीहरु पुरानै ठाउँमा सञ्चालन भइरहेको जानकारी गराएका छन्। उनले चालकहरुको पक्षबाट जनसाधारणलाई अफवाहमा होइन तर पुरानै ठाउँमा आएर गाडीहरु चढ्ने अनुरोध गरेका छन्। उनले यसको लागि पुलिस प्रशासनलाई धन्यवाद दिएका छन्। चालकहरुको पक्षबाट धिरेन प्रधानले खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ, खरसाङ टाउन पुलिस आउट पोष्टको बडाबाबु सागर प्रधान लगायत अन्यलाई धन्यवाद दिएका छन्। यसको साथै उनले खरसाङ बजारमा सबै गाडीहरुका सेण्डीकेटहरु पुरानो स्थानमा नै सञ्चालन भईरहेको र यसमा जनसाधारणले कुनै कन्फ्युजनबिना नै पुरानो ठाउँमा नै आएर गाडीहरु चढिदिने अनुरोध पनि गरेका छन्।





