त्रिलोक सुब्बाद्वारा सम्मानको निम्ति कृतज्ञता प्रकट

Screenshot_20241009_000548_Google

गान्तोक: इन्टरनेशनल ताइक्वाण्डो खेलाडी मास्टर त्रिलोक सुब्बालाई गत ७ अक्टोबरका दिन आयोजित दोस्रो इन्टरस्कूल ताइक्वाण्डो च्याम्पियनशिपको फाइनलमा सम्मानित गरियो।
उनले आफुलाई सम्मानित गरिएकोमा सिक्किम अमेचुअर ताइक्वाण्डो एसोसिएशन र संजय ताइक्वाण्डो एकाडेमीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
मास्टर त्रिलोक सुब्बालाई १९८७ देखि सिक्किममा ताइक्वाण्डो खेल प्रवर्द्धनको निम्ति अथक प्रयासका लागि सम्मानित गरिएको हो। यतिका वर्षहरूसम्म उनले अहिलेसम्म धेरै राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडीहरूका साथै रेफ्रीहरूलाई जन्म दिइसकेका छन्। यसैगरी, उनले राज्यका हजारौं युवाहरूलाई ताइक्वाण्डोमा प्रशिक्षण प्रदान गरिसकेका छन्। मास्टर त्रिलोक सुब्बाले सिक्किमबाट राष्ट्रिय र अन्तरराष्ट्रिय ताइक्वाण्डो खेलाडीहरू जन्माउन आफु प्रतिबद्ध रहेको बताएका छन्।

About Author

Advertisement