काठमांडू -भैरहवा उडान गर्दै नेपाल वायुसेवा निगमको ठूलो जहाज

IMG-20241008-WA0229

भद्रपुर: नेपाल वायुसेवा निगमको ए३२० जहाजले भैरहवाका लागि उडान गर्ने भएको छ। बाढी पहिरोले काठमांडू भ्याली बाहिर जाने यात्रुहरूलाई प्रभावित बनाएपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको छ।
निगमका प्रवक्ता रमेश पौडेलले फूलपातीका दिन उक्त जहाजले भैरहवा उडानका लागि अनुमति पाएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको निर्देशनपछि निगमले आन्तरिक उडाउन गर्न तयार भएको हो।
प्रवक्ता पौडेलेका अनुसार उक्त जहाजले फूलपातीका दिन गुरुबार विहान ११ बजे भैरहवा उडान गर्नेछ। सो दिन १२:३० बजे भैरहवाबाट काठमांडू उडान गर्ने निगमले जनाएको छ।
निगमले टिकटको मूल्य पनि सार्वजनिक गरेको छ। प्रवक्ता पौडेलेका अनुसार काठमांडू -भैरहवा उडानका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ र भैरहवा-काठमांडू उडानका लागि ३ हजार ८९० रुपैयाँ भाडा तोकिएको छ। दुवै तर्फको टिकट निगमको वेवसाइटमा उपलब्ध रहेको प्रवक्ता पौडेलले बताए।

About Author

Advertisement