एसकेएम सरकारले विभिन्न सरकारी पदमा गऱ्यो उम्मेद्वारहरू मनोनित

IMG-20241008-WA0320

गान्तोक: दोस्रोपल्ट सरकार गठन गरेको करिब चार महिनापछि एसकेएम सरकारले विभिन्न सरकारी पदहरूमा उम्मेद्वार मनोनित गरेको छ। सरकारले पहिलो सूचीमा जम्मा १७ जनालाई विभिन्न पद प्रदान गरेको छ जसमा १४ जनालाई क्याबिनेट ऱ्याङ्कको प्रोटोकल सुविधा पनि प्रदान गरिएको छ। उल्लेखनीय कुरा के छ भने, यी मध्ये अधिकतरलाई पहिलो सरकारकालमा दिइएको पद नै पुनः प्रदान गरिएको छ।
पहिलो सूचीमा विभिन्न पद प्राप्त गर्नेहरूमा डा. महेन्द्र पी लामा मुख्यमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार, सुनिल सरौगी नयाँ दिल्लीमा मुख्यमन्त्रीका विशेष सेवा अधिकारी, पूर्व मन्त्री कुङ्गा निमा लेप्चा, सोनाम जी केल्योण, पूर्व मन्त्री विष्णु कुमार शर्मा, रोहित गुरुङ, टीएन ढकाल, पूर्व मन्त्री फुचुङ भोटिया र फुचुङ भोटिया- मुख्यमन्त्रीका सल्लाहकारहरू, सीपी शर्मा मुख्यमन्त्रीका प्रेस सल्लाहकार, एमपी सुब्बा शिक्षा विभागका सल्लाहकार, विकास बस्नेत- मुख्यमन्त्रीका राजनीतिक सचिव (प्रेस अनि प्रचार मामिला), जेकब खालिङ- मुख्यमन्त्रीका राजनीतिक सचिव (राजनीतिक मामिला) र शुक प्रसाद लिम्बू- सांस्कृतिक विभाग (लिम्बू भाषा) मा मुख्यमन्त्रीका विशेष सेवा अधिकारी रहेका छन्। यी सबै पदाधिकारीलाई क्याबिनेट ऱ्याङ्कको प्रोटोकल सुविधा प्रदान गरिएको छ।
यसबाहेक पहिलो सूचीमा विभिन्न पद प्राप्त गर्नेहरूमा सोनाम पाल्जोर भोटिया शिक्षा विभागका विशेष सेवा अधिकारी, कर्मा सुब्बा मुख्यमन्त्रीका विशेष सेवा अधिकारी (राजनीतिक मामिला) र योगेन तामाङ मुख्यमन्त्रीका प्रेस सचिव रहेका छन्।
यसका साथै सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको टिकटबाट चुनाउ जितेर पछि सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चामा सामेल भएका स्यारी समष्टिका विधायक तेञ्जीङ नर्बु लाम्टालाई पनि वन एवं पर्यावरण विभागको सल्लाहकार मनोनित गरिएको छ।

About Author

Advertisement