कालचिनीः तृणमूल साताली अञ्चल कमिटीको आयोजनामा बुधबार मधु चियाबारीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको जानकारी तृणमूल साताली अञ्चल सभापति कैलाश विश्वकर्माले दिएका छन्। आज सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा १४० भन्दा अधिक आँखा रोगीहरूले उपचारको लाभ पाएको बताईएको छ।
उक्त अवसरमा तृणमूल युवा कंग्रेसको ब्लक महासचिव शेखर सन्यासी, साताली अञ्चल सभापति नरेश लाकड़ा, साताली ग्राम पञ्चायत प्रधान कमलादेवी प्रसाद, उपप्रधान इसदोर खड़िया एवम् अन्यान्यको उपस्थिति रहेको थियो। मोतियाबिन्द चिन्हित भएका रोगीहरूलाई निःशुल्क अपरेशनको व्यवस्था गरिने पनि तृणमूल पक्षले जनाएका छन्।










