कंग्रेसको न्याय यात्रामा तृणमूल सामेल हुनेछैन

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः राहुल गान्धीको नेतृत्वमा भइरहेको कंग्रेसको भारत जोड़ो न्याय यात्रामा पश्चिम बङ्गालको सत्तारूढ़ तृणमूल कंग्रेस सामेल हुनेछैन। यात्रा आगामी २७ जनवरीमा पश्चिम बङ्गाल आइपुग्ने कार्यक्रम रहेको छ। बङ्गालमा यो यात्रा पाँच दिनसम्म हुनेछ। तर यसमा इण्डी गठबन्धनको सदस्यको रूपमा तृणमूल कंग्रेस सामेल हुनेछैन।

तृणमूल कंग्रेसका एकजना नेताले आफ्नो नाम उजागार नगरिदिने शर्तमा बताए, हाल कंग्रेससित कुनै पनि कार्यक्रममा सामेल हुनुको कुनै अर्थ छैन। किनभने गठबन्धनमा फसेला हुन सकेको छैन। कंग्रेसले सीट बाँड़फाँड़लाई लिएर स्थिति स्पष्ट पारेको छैन। जबसम्म सीट शेयरिङ्गको फर्मूला स्पष्ट हुँदैन तबसम्म यसमा सामेल हुनेछैनौं।

वास्तवमा भारत जोड़ो न्याय यात्रामा सामेल हुनको लागि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले गठबन्धमा सामेल दलहरूका प्रमुखहरूलाई पत्र लेखेर अपील गरेका छन्। यस्तै पत्र मुख्यमन्त्री ममता ब्यनर्जीलाई पनि पठाइएको छ। सूत्रले बतायो, बङ्गालमा मालदा दक्षिण र बहरमपुरको दुईवटा सीट छाड़ी तृणमूल राज्यका अन्य ४० सीटमा चुनाउ लड़्न चाहन्छ। कंग्रेसलाई दुईवटा मात्र सीट स्वीकार्य छैन जसलाई लिएर दुई दलमाझ कुरा मिलेको छैन।

-हिस

About Author

Advertisement