तीनधारे चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा अनि युनिट कमिटी गठन

IMG-20240401-WA0180.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टी जोनल कमिटीको सभा तीनधारे चियाबारीमा सम्पन्न भएको छ। उक्त सभा राजेस तामाङको अध्यक्षता र ट्रेड युनियन खरसाङ महकुमा समितिको सदस्य सनबहादुर तामाङको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, तीनधारे महानदी समष्टि जोनल कमिटीको सभापति गणु छेत्री, सभाध्यक्ष राजेस तामाङले सम्बोधन गरेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, सभासद नवराज छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, ट्रेड युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष एंव जोनल कमिटीको सांगठनिक सचिव जनक छेत्री, पञ्चायत सदस्य दिपेन्द्र प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे चियाबारी युनिट कमिटी गठन गरिएको छ।

उक्त युनिट कमिटीमा सभापति बिक्रम तामाङ, उप सभापति राखी तामाङ, बिजय बाहुन सचिव जितेन राई, सह सचिव सन्तोष तामाङ र अमृता तामाङ, कोषाध्यक्षा रबिता तामाङ, सल्हाकारमा इष्टबहादुर तामाङ, सुकवीर राई, कुमार तामाङ, राम पाहान, राजेस तामाङ, अमर तामाङ, दिपेन्द्र तामाङ, साजन दर्जी र सभासद नवराज छेत्री आदि चयन भएका छन्। यस सभा र युनिट कमिटी गठन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सदस्य सनबहादुर तामाङले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

Advertisement