गान्तोक: पूर्वी सिक्किमको कुपुप नजिकै त्रिशक्ति कोर्प्सका सेनाले उल्लेखनीय बहादुरीका साथ पाँच जना पर्यटकहरूको ज्यान बचाएको छl उनीहरूको गाडी कुपुप नजिकै पूर्वी सिक्किमको उच्च क्षेत्रमा अचानक हिमपातको कारण खसेको थियो। प्रतिकूल मौसमको बावजुद संकटको क्षणमा तुरुन्तै सैनिकहरूले बहादुरीका साथ आफूलाई जोखिममा राखेर दुर्घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको सैनिक छाउनीमा पुर्याए। दुर्घटनामा गम्भीर घाइतेहरूलाई सैनिक छाउनीमा आवश्यक चिकित्सा सहायता र राहत प्रदान गरियो। पर्यटकहरूले आफ्नो ज्यान बचाएका भारतीय सेनाका बहादुर सैनिकहरूलाई कृतज्ञतासहित धन्यवाद जनाए। आपदविपदमा परेका सबैलाई भारतीय विभिन्न चुनौतीपूर्णहरूको सामना गर्दै प्रतिकूल परिस्थितिहरूमा पनि जीवन रक्षा गर्ने कार्यमा प्रतिबद्धता र समर्पणका साथ सधैं सक्रिय रहन्छन्।













