तीनधारेमा भाजपा अनुसूचित जातिको सभा सम्पन्न

IMG-20260719-WA0074

खरसाङ: भारतीय जनता पार्टी तीनधारे महानदी मण्डलको अनुसूचित जाति मोर्चाको सभापति अजय विश्वकर्माको पहलमा तीनधारेमा सभा सम्पन्न भएको छ।
उक्त सभा बुथ नम्बर २४७ र २४८ का प्रतिनिधिहरुलाई लिएर सम्पन्न भएको छ। सभामा भारतीय जनता पार्टी तीनधारे महानदी मण्डलको अनुसूचित जाति मोर्चाको सभापति अजय विश्वकर्मा, तीनधारे महानदी मण्डल नारी मोर्चाको महासचिव सुष्मिता गजमेर, मण्डल उप सभापति अभिजित दास, मण्डल सचिव जितेन गजमेर लगायत अन्यहरु उपस्थित रहेका थिए।

सभामा तीनधारे महानदी मण्डल क्षेत्रमा भारतीय जनता पार्टीलाई सक्रिय रुपमा साथै सांगठनिक रुपमा अघि लाने भएको बताइएको छ।

About Author

Advertisement