खरसाङ: खरसाङ सिटिजेन एसोसिएसनको औपचारिक सभा डाउहिल रोड खरसाङस्थित दिलखुशा हाउस भवनमा सम्पन्न भएको छ। उक्त सभा वास्तवमा संस्थाको तेस्रो सभा भएता पनि पञ्जीकरणपछिको यो सभा अति नै महत्वपूर्ण रहेको बताइएको छ। संस्थाको मूल उद्देश्य खरसाङमा यहाँका नागरिकहरूले विभिन्न विषयमा भोगिरहेका विभिन्न समस्याहरूसँगै धेरै अरू विभागका समस्याहरू जुन नागरिकहरूसँग सम्बन्धित छन् ती समस्याहरूलाई संस्था मार्फत सम्बोधन गर्न निर्माण गरिएको संस्था रहेको बताइएको छ। उक्त संस्थामा सभापति बालकृष्ण शर्मा, उप सभापति आशा प्रधान, सचिव राजु शर्मा, सह सचिव छिरिङ वाङ्दी लामा र गणेश प्रधान, कोषाध्यक्ष बरेन्द्र दुबे, सह कोषाध्यक्ष रतनकुमार राई, मुख्य सल्लाहकार वाङ्दी लामा, सल्लहाकार ललितकुमार प्रधान, कार्यकारी सदस्यहरूमा पुष्पा सुमन थामी, कमला प्रधान, बिजयकुमार परियार, दावा शेर्पा, बुध्दिमान तामाङ आदि रहेका छन्।









