गोर्खा जनपुस्तकालय खरसाङको वार्षिक साधारण सभा अनि चुनाव कार्यक्रम सम्पन्न

IMG-20260719-WA0071

खरसाङ: भारतीय गोर्खाहरुको सबैभन्दा पुरानो एंव गौरवमय साहित्यिक र सामाजिक संस्था गोर्खा जनपुस्तकालय खरसाङको वार्षिक साधारण सभा तथा चुनाव सम्पन्न भएको छ। उक्त सभा दुई चरणमा सम्पन्न भएको छ। पहिलो चरणको सभाको अध्यक्षता पुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। यस सभामा पुस्तकालयको सचिव विनोद रसाइलीले सचिवको प्रतिवेदन साथै कोषाध्यक्ष उत्तमकुमार गुरुङले दुई वर्षको आय व्ययको फटवारी प्रस्तुत गरेका थिए। त्यसपछि चर्चा परिचर्चा गरिएको थियो भने यसमा वरिष्ठ सदस्य जीबी बल, पासाङ ढेन्डुप शेर्पा र अरुण लामाले भाग लिएका थिए भने यस चर्चाको उत्तर अध्यक्ष रबीनकुमार प्रधान, सचिव विनोद रसाइली, कोषाध्यक्ष उत्तमकुमार गुरुङ र कार्यकारी सदस्य प्रदीप शेर्पाले दिएका थिए। यसावधि विभिन्न विषयमा छलफल गरिएपछि संविधान संसोधन गरेर नियमहरु बनाइएको छ। यसमा पुस्तकालयको कार्यकाल दुई वर्षदेखि बढाएर तीन वर्ष बनाइएको छ। त्यसरी नै मासिक सभालाई द्वय मासिक रुपमा गरिने भएको छ धेरैवटा सभामा उपस्थित हुन सक्ने साधारण सदस्यहरुलाई अन्तिम पटक पत्रचार गरिने भएको छ भने उत्तर नआएको खण्डमा स्वात नाम काटिने भएको छ। अबदेखि ई निम्तोलाई नै स्वीकृत गरिने निर्णय गरिएको छ। यसको साथै पुस्तकहरु लेनदेन विषयमा सरल रुपमा राखिने प्रक्रिया शुरु गरिने भएको छ। दोस्रो चरणको सभा पूर्व प्राध्यापकिका रुकमणि छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ‌। सभामा पुस्तकालयको पुरानो कमिटी विघटन गरिएको छ। सभामा चुनाव अधिकारीहरु वरिष्ठ अधिवक्ता मनिकचन्द्र प्रधान र भीमबहादुर छेत्रीलाई अध्यक्षको बाहुलीबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको। सभामा पुस्तकालयको आन्तरिक लेखापालको रुपमा मणिकुमार थापालाई पुनः चयन गरिएको छ भने कानुनी सल्लाहकारको रुपमा वरिष्ठ अधिवक्ता मनिकचन्द्र प्रधानलाई चयन गरिएको छ।

यसै सभामा पुस्तकालयको नयाँ कमिटीको लागि १७ जना कार्यकारी सदस्य सदस्याहरु चयन गरिएको छ भने विनोद रसाइलीलाई संयोजक चयन गरिएको छ। अब आगामी ७ दिनभित्रम यही १७ जनाबाट पुस्तकालयको नयाँ पदाधिकारीहरु चयन गरिने भएको छ। आजको वार्षिक साधारण सभा र चुनाव विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पुस्तकालयको वर्तमान संयोजक विनोद रसाइलीले विस्तृत जानकारी गराएका छन्।

About Author

Advertisement