तीनधारे: तीनधारेको ब्लु डायमण्ड अंग्रेजी स्कूलमा विश्व पर्यावरण दिवसको अवसरमा वृक्ष रोपनको कार्यक्रम सम्पन्ना भएको छ। कार्यक्रममा स्कूलका प्रबन्धक प्रह्लाद रसाईली, प्राचार्य रबि सुब्बा, प्रभारी शिक्षिका कविता मुखिया, शिक्षक-शिक्षिकाहरू, अशिक्षण कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा चौथो श्रेणीका विद्यार्थीहरुले पर्यावरण संरक्षण, वायु प्रदुषण, ध्वनि प्रदुषण, हरियो वन, वृक्ष रोपण र वृक्षहरुको मानव जीवनमा महत्वबारे छोटकरीमा लेखहरू पठन गरेका थिए।विशेष दोस्रो अनि तेस्रो श्रेणीका विद्यार्थीहरुले पर्यावरण संरक्षणबारे सामुहिक कविता वाचन गरेका थिए। अन्त्यमा स्कूलका प्रबन्धक प्रह्लाद रसाइलीद्वारा सम्पूर्ण सहभागी शिक्षक शिक्षिका एवं विद्यार्थीहरुप्रति आभार व्यक्त गरिएको जानकारी स्कूलका प्राचार्य रबि सुब्बाबाट प्राप्त भएको छ।










