सोनादा क्षेत्रमा विश्व पर्यावरण दिवस कार्यक्रम

IMG-20260605-WA0096

सोनादा: सोनादा होली क्रस कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी अनि शिक्षिकाहरूलाई लिएर विद्यालय परिसरमा सोनादा आउट पोष्ट पुलिस अनि सोनादा ट्राफिक पुलिसको सयुक्त आयोजनामा विश्व पर्यावरण दिवस पालन गरिएको छ। सोनादा पुलिस आउट पोष्टको ओसी विवेक छेत्री, सोनादा ट्राफिक पुलिस ओसी सबिन दर्नाल, दार्जिलिङ सदरको सीआई पार्थ सारथी चन्दा, फादर सामूएल राई, विद्यालयका शिक्षिकाहरु, विद्यार्थीहरूलाई लिएर वृक्षरोपण कार्यक्रम गरियो सम्पन्न गरिएको छ‌। प्रत्येक वर्ष झैं यसपाली पनि विश्व पर्यावरण दिवसको अवसरमा सोनादामा पर्यावरण दिवस पालनको साथमा वृक्ष रोपणको कार्य पनि सम्पन्न भएको छ। विशेष गरेर विद्यार्थीहरु र स्थानीय जनसाधारणलाई पर्यावरण दिवस र यसको महत्व साथै वृक्ष रोपणको महत्व बुझाउन पनि यो कार्यक्रम आयोजना गरिएको छ।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ सदरको सीआई पार्थ सारथी चन्दाले विद्यार्थीहरु र स्थानीय जनसाधारणलाई पर्यावरणको‌ महत्व बुझाउन यो कार्यक्रम आयोजना गरिएको बताए। उनले यस्ता सचेतनामूलक कार्यक्रम भविष्यमा पनि मिलेर आयोजना गरिने जानकारी गराएका छन्। उनले कार्यक्रममा सहभागी स्कूलका विद्यार्थीहरु, शिक्षिकाहरु, फादर लगायत स्थानीय सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement