खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिम्नी देउराली ग्राम पञ्चायत अनि वन विभागको आयोजनामा विश्व पर्यावरण दिवस साथै ग्राम सभायोजनामा विश्व पर्यावरण दिवस साथै ग्राम सभा पनि सम्पन्न गरियो। यस अवसरमा असल प्रजातिका रूखका ८० वटा वृक्षहरु रोपणको कार्य सम्पन्न गरिएको छ। यस पर्यावरण दिवस र ग्राम सभालाई पञ्चायत सदस्य दिपेश थापाले सञ्चालन गरेका थिए भने कार्यक्रममा उपस्थित ग्राम पञ्चायत प्रधान विमल तामाङ, ग्राम पञ्चायत सचिव सिमला लामा लगायत ग्राम पञ्चायत कर्मचारीवर्ग, आँगनवाडी, भीसीटी, भीबीडीसी, आशाकर्मी, स्वस्थ्य कर्मीहरु, मेघमाला समाजबाट बीबी राई, शिव राई, चिम्नी सगरमाथा समाजबाट सुरज क्षेत्री, नर्थ शिवखोला ग्रामवासी, वन विभागबाट कर्मचारी निर्मल तामाङ, राजीव क्षेत्री, अवेश लामा आदिको उपस्थिति रहेको थियो।

कार्यक्रममा वन अनि संरक्षण विषय लिएर बीबी राई अनि सुरज छेत्री र पञ्चायत सचिव सिमला लामा आदिले वक्तव्य राखेका थिए।










