तीनधारे: तीनधारेको सत्र माइल निवासी अनिस माझीले अन्दमान निकोबर कमाण्ड म्याराथन २०२६ मा विजय प्राप्त गरेका छन्। उनले अन्दमान निकोबरमा आयोजना गरिएको २१ किलोमिटरको ओपेन हाफ म्याराथनमा भाग लिएर विजय प्राप्त गरेर पचास हजार बराबरको नगदराशि पुरस्कार पनि जित्न सफल भएका छन्। अन्दमान निकोबरमा वार्षिक रुपमा आयोजना गरिने म्याराथनमा यसपाली नेताजी स्टेडियममा आयोजना गरिएको थियो जसमा २१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटरको म्याराथन आयोजना गरिएको थियो। यस क्रममा तीनधारेको १७ माइल निवासी अर्जुन माझीको सुपुत्र अनिस माझीले २१ किलोमिटरको ओपेन क्याटोगरीमा १ घण्टा ९ मिनट र १० सेकेण्डमा आफ्नो रेस पूरा गरेर अन्दमान निकोबर राज्यको नयाँ रिकर्ड बनाएका छन्। उनले योसितै पचास हजार रुपियाँको नगदराशि र ट्रफी पनि जित्न सफल भएका छन्। अनिस माझीले यो जीतसितै आफ्नो क्षेत्र तीनधारे र पहाडको नाम रोशन गरेका छन्।





