डाउहिल सुनौलो परिवार समितिको साधारण सभा अनि चुनाव

IMG-20260707-WA0082

खरसाङ: सन् १९७९ मा स्थापित खरसाङका पुराना समाजहरूमा एक डाउहिल सुनौलो परिवार समितिको वार्षिक साधारण सभा तथा चुनाव समितिका पूर्व अध्यक्ष कपिल छेत्रीको अध्यक्षतामा सम्पन्न भयो।लगभग २०० सदस्यहरू रहेका यो समिति जम्मा ६ टोलमा विभक्त छ। यस समितिले उत्तरमा डाउहिल बिल्डिङदेखि दक्षिणमा टेकबीर बस्तीको ठूलो क्षेत्रफल ओगटेको छ। सहसचिव विनोद रसाइली अनि कार्यकारी सदस्य सागर थापाद्वारा सञ्चालित यस कार्यक्रमको प्रारम्भ राष्ट्रिय गीत जन गण मन तथा वन्दे मातरम्-बाट प्रारम्भ भयो।त्यसपछि वर्ष २०२४-२६ मा दिवङ्गत भएका समितिका सदस्यहरूका नाम पठन गरी एक मिनट श्रद्धाञ्जलीस्वरूप मौनधारण गरियो। कार्यक्रममा सचिव फुर्बा तामाङले वर्षभरि समितिले निष्पादन गरेको कार्य विवरणहरू आफ्नो प्रतिवेदनमा राखे जसमा समितिको पैह्रोपीड़ित सदस्य मुन्न प्रधान अनि उपचाराधीन सदस्य सुवास मुखियालाई प्रदान गरिएको आर्थिक सहायतादेखि डाउहिल पथमा स्थित बड़ेमानको पानीट्याङकी वितरण प्रणालीमा वर्षौदेखि खराब भएको कपाट (भ्याल्भ) समितिले देउसीमार्फत् सङ्ग्रहित रकमबाट गरेको जानकारी सभामा गराएका छन्। यसबाहेक समितिले लगभग २४ वर्षदेखि कतिपय प्राविधिक कारणवश अनियमित रहेको समितिको पञ्जिकरण सङंख्या जानकारी गराउँदै सम्पूर्ण हरहिसाब चार्टर एकाउन्टेन्टद्वारा जाँच गराई २०२६ सम्म तमाम प्रयासद्वारा पञ्जिकरण नविनिकरण गरिएको कुरो उल्लेख गरे।यसबाहेक समितिले गाउँसफाई अभियान, भानु जयन्ती, गणतन्त्र दिवस, गणतन्त्र दिवस तथा संसारी पूजाको अभियान सामुहिक रूपले आयोजन गरेको तथ्य प्रकाश पारे। वर्ष २०२३ मा नयाँ कार्यकारिणी समितिले दायित्व वहन गरेपछि समितिअघि कैयन् चुनौतीहरू थिए। ती चुनौतीहरूका सामना र समस्याको समाधान खोजी निकाल्न वर्तमान समितिका कर्मठ सदस्यहरूले गरेका योगदानको सराहना गर्दै उनले सबैप्रति कृतज्ञता व्यक्त गरे।
नयाँ समितिले गत साधारण सभामा समितिको संविधान संशोधन गरी विशेष मरौ र दुःखको कार्यक्रममा सबै सदस्यहरूका सहभागिता र उपस्थिति अनिवार्य गरिएको थियो।यो नियम लागू गर्न शुरूमा गाह्रो परे तापनि वर्तमानमा ९७ प्रतिशतसम्म सदस्यहरूको उपस्थिति पाउन सकेको जनाउँदै यो कुरो समितिको विशेष सफलता हो भने। सभामा कोषाध्यक्ष प्रवीण कुमार मुखियाले गत वर्षहरूको हरहिसाब र अडिट रिपोर्ट सविवरण पढ़ेर सुनाए। सहकोषाध्यक्ष प्रभाकर प्रधानले देउसी खेलेर गत तीन वर्षदेखि सङ्ग्रह गरेको लगभग अढाई लाखभन्दा बढ़ी रकम र खर्चको विवरण प्रस्तुत गरे। यस सभाको अर्को उल्लेखनीय कुरो के थियो भने वर्ष २०२४ को साधारण सभामा समितिको संविधान संशोधन गरी समितिले विशेष अन्त्येष्टि क्रियामा अनुपस्थित रहेका सदस्यहरूबाट आजपर्यन्त जरिमानासहित उठाएको रकम आजकै सभामा सम्बन्धित परिवारलाई हस्तान्तरण गरियो। यस प्रक्रियामा धेरै सदस्यहरूले उक्त रकम समिति कोषमा स्वेच्छाले दान गरे। यस सभामा पनि समितिको संविधानको आंशिक संशोधनको निम्ति प्रस्ताव राखियो अनि विशेष समितिबाट प्रदान गरिने वासिन्दा प्रमाण पत्र सम्बन्धित नियममा सर्वसम्मतिसहित संशोधन गरियो। त्यसपछि सभाध्यक्ष कपिल छेत्रीले आफ्नो सम्बोधनमा कार्यसमितिको कार्यपद्धति र योगदानको मुग्धकण्ठले प्रशंसा गरे।अन्त्यमा समितिका अध्यक्ष दावा लामाले आफ्नो औपचारिक सम्बोधन राखे।समितिले आजपर्यन्त समितिको संविधानअनुरूप नै काम गर्दै आउँदा सामना गर्नुपरेको समस्या र चुनौतीहरूबारे उनले सभालाई जनाए। यस क्रममा कतिपय समस्याहरू अत्यन्त संवेदनशील थिए तरै पनि उनले संविधानलाई ताकमा राखेर कुनै निर्णय नलिइएको कुरो उनले जनाए। हरेक समस्याको निदान कार्यकारी सभा डाकेर मात्र लिएको हुनाले पारदर्शिता कायम गर्न कुनै चुक हुन नदिएको कुरो पनि उनले सभामा पेश गरे। त्यसपछि उनले पुरानो समिति विघटन गरी नयाँ समितिको चुनाव र गठनको निम्ति चुनाव अधिकारी आर. पी. सुब्बालाई दायित्व सुम्पिए। आफ्नो दायित्व ग्रहण गरेपश्चात् सुब्बाले गत तीन वर्षभित्र पुरानो समितिले गरेको काम र उपलब्धिबारे सभालाई थप जानकारी गराउँदै यस समितिलाई अझ एकपल्ट अवसर प्रदान गरिनुपर्ने आफ्नो सुझाव राखे अनि सभामा उपस्थित सम्पूर्ण सदस्यहरूलाई सहमति भए हात उठाउने आह्वान गरे। प्रायः सबै सदस्यहरूले हात उठाएर आफ्नो सहमति व्यक्त गरेपछि उनले पुरानो समितिलाई नै पुनः एकपटक समितिको अभिभारा सुचारू रूपले सञ्चालन गर्नको निम्ति बधाईसहित शुभकामना व्यक्त गरे। केही फेरबदलसहित नयाँ सञ्चालन समितिमा अध्यक्ष दावा लामा, उपाध्यक्षद्वय सुष्मा मुखिया अनि लक्ष्मन लेप्चा, सचिव फुर्बा तामाङ, सहसचिवद्वय विनोद रसाइली अनि भाष्कर थापा, कोषाध्यक्ष प्रवीण मुखिया, सहकोषाध्यक्ष प्रभाकर प्रधान अनि आन्तरिक लेखापाल मुन्ना सुन्दास।समितिमा केही नयाँ कार्यकारीहरूका चयन गरियो। आजको सभामा नयाँ सदस्यहरूलाई पनि खदार्पण गरी स्वागत जनाइयो भनी सह सचिव विनोद रसाइलीले जानकारी गराएका छन्।

About Author

Advertisement