जिम्बाब्वेविरुद्ध टी२० सीरीजबाट सञ्जु सेमसनलाई बाहिर गर्ने चयन समितिको फसेलामाथि प्रश्न चिन्ह

IMG-20260707-WA0068

नयाँ दिल्ली: टी२० वर्ल्ड कप २०२६-मा भारतलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्जु सेमसन एकपल्ट फेरि आफ्नो करियरको सबैभन्दा कठिन चरणमा पुगेका छन्। आयरल्याण्ड र ईंग्ल्याण्ड यात्रामा उनले केवल ३ वटा ईनिंग्स खेल्ने मौका पाए, जसमा उनले जम्मा १२ बल खेलेर ६ रन बनाए। त्यसपछि चौथो म्याचमा १५ वर्षीय वैभव सूर्यवंशीलाई प्रथम एकादशमा सामेल गरियो अनि अहिले जिम्बाब्वेविरुद्ध टी२० सीरीजको निम्ति घोषित टीममा उनलाई स्थान दिइएन। के केवल १२ बलको आधारमा एकजना वर्ल्ड कप विजेता खेलाड़ीलाई टीमबाट बाहिर गरिनु उचित हो? अहिले यो प्रश्न क्रिकेटप्रेमीहरूका मनमा रहेको छ। टी२० वर्ल्ड कपको शुरुवात म्याचहरूमा भारतीय ब्याटिंग लड़खड़ाइरहेको थियो। त्यस समय टीम म्यानेजमेण्टले सेमसनमाथि भरोसा देखाउँदै उनलाई प्रथम एकादशमा स्थान दिएको थियो। सेमसनले पनि त्यस भरोसाको असाधारण तरिकाले जवाफ दिएका थिए। उनले लगातार ३ वटा म्याचमा अविजित ९७, ८९ र ८९ रनको म्याच जिताउने ईनिंग्स खेलेका थिए। उनले सेमिफाइनल र फाइनल जस्तो म्याचमा अर्द्धशतक बनाएर भारतलाई च्याम्पियन बनाएका थिए। वर्ल्ड कपपछि आयरल्याण्ड र ईंग्ल्याण्ड यात्रामा चाहिँ उनको ब्याट चलेन। उनले ३ वटा ईनिंग्समा ५ (४ बल), ० (१ बल) र १ (७ बल) रन बनाए। त्यसपछि म्यानचेष्टरमा खेलिएको टी२० म्याचमा टीम म्यानेजमेण्टले सेमसनको स्थानमा सूर्यवंशीलाई प्रथम एकादशमा स्थान दिएको थियो। म्याच अघि सेमसन र मुख्य प्रशिक्षक गौतम गम्भीरबीच कुराकानीको तस्वीरहरू अघि आएको छ। त्यस समय अघिल्लो झट्का अझ ठूलो हुने कसैले सोचेका थिएनन्। सोमवार जिम्बाब्वेविरुद्ध सीरीजको निम्ति टीमको घोषणा हुँदा सत्य अघि आयो, जहाँ सेमसनको नाम सामेल थिएन। आयरल्याण्ड र ईंग्ल्याण्डमा सेमसन मात्र नभएर अन्य ब्याटरहरूले पनि लगातार ठूलो ईनिंग्स खेल्न सकेका छैनन्। त्यसपछि पनि केही खेलाड़ीहरूलाई टीममा कायम राखिएको छ भने सेमसनलाई सीधै टीमबाट बाहिर गरिएको छ। यसैकारण खेलाड़ीहरूका चयन वर्तमान प्रदर्शनको आधारमा हुन्छ भने त्यो हरेक खेलाड़ीहरूका निम्ति समान रूपले लागू हुनु पर्नेछ भन्ने धेरै पूर्व क्रिकेटरहरूले आवाज उठाएका छन्।
मुख्य चयनकर्ता अजीत अगरकरको अगुवाईमा रहने चयन समितिलाई गत केही सालदेखि केही कठोर फसेलाहरूले गर्दा जानिन्छ। मोहम्मद शमी, रोहित शर्मा, विराट कोहलीदेखि लिएर हालै सूर्यकुमार यादवले यसको सामना गरिसकेका छन् तर सेमसनको मामिला सामान्य अलग रहेको छ। टीम म्यानेजमेण्टले लगातार ब्याटरहरूलाई नीडर भएर आक्रामक क्रिकेट खेल्ने सल्लाह दिन्छ अनि खेलाड़ीहरूलाई आफ्नो स्थानको सुरक्षाको भरोसा भए मात्र टीममा यस्तो माहोल बनिन सक्छ। केवल ३ वटा ईनिंग्सको आधारमा खेलाड़ीलाई टीमबाट बाहिर गरिए ब्याटरहरू स्वाभाविक रूपले जोखिम उठाउनदेखि बाँच्न चाहनेछन्। यस्तो स्थितिमा उनीहरू टीममा स्थान बचाउन व्यक्तिगत रन बनाउने मानिसकतामा आउन सक्छन्। यसबाहेक सेमसनले हालै एउटा साक्षात्कारमा एमएस धोनीलाई आफ्नो वाल्यकालको हीरो र प्रेरणा बताएका थिए। त्यसो भए के धोनीलाई आदर्श बताउने बयानले गर्दा सेमसनलाई नोक्सान भयो त भन्ने प्रश्न पनि उठ्न थालेको छ। वास्तवमा धोनी र गम्भीरबीच लामो समयदेखि मतभेदको खबरहरू अघि आइरहेको छ। यस बयानले गर्दा नै सेमसनलाई टीमबाट बाहिर गरिएको हो भन्ने कुनै प्रमाण या आधिकारिक संकेत त छैन तर टीम म्यानेजमेण्टको फसेलाले धेरैको मनमा यो प्रश्न चाहिँ उठेको छ। भारतीय टी२० टीममा अहिले देब्रे हातका ब्याटरहरूको संख्या बढ़ेको छ। यस्तो स्थितिमा सेमसन जस्ता दाहिने हातका ब्याटरलाई बाहिर गरिँदा टीमको सन्तुलन प्रभावित हुनसक्छ। सेमसन दक्ष ब्याटरको साथमा उपयोगी विकेटकीपर पनि हुन्। यस्ता खेलाड़ीलाई केवल ३ वटा ईनिंग्सको आधारमा बाहिर गरिने फसेलाले भविष्यको रणनीतिमाथि पनि प्रश्न उठ्न थालेको छ।
जिम्बाब्वे यात्राको निम्ति भारतीय टी२० टीम यसप्रकार छ: श्रेयस अय्यर (कप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, तिलक वर्मा (उपकप्तान), ईशान किशन (विकेटकीपर), शिवम दुबे, सूर्यांश शेडगे, रिंकू सिंह, हर्ष दुबे, वरुण चक्रवर्ती, प्रिन्स यादव, यश ठाकुर, अशोक शर्मा, मयंक यादव र प्रभसिमरन सिंह (विकेटकीपर)।

About Author

Advertisement