दार्जिलिङ: ट्राइबल सर्टिफिकेटको पुनः प्रमाणीकरण र ट्राइबल ल्याण्डको अवैध किनबेचबारे दार्जीलिङ डिस्ट्रिक ट्राइबल वेलफेयर एसोसिएसनको समीक्षा सभा सम्पन्न भएको छ। २०११ देखि जारी भएका ट्राइबल सर्टिफिकेटको पुनः प्रमाणीकरण प्रक्रियाका लागि सरकारले सूची जारी गरेको विषय तथा ट्राइबल ल्याण्ड अन्य जातिका व्यक्तिहरूले मनोमानी रूपमा किनबेच गरिरहेको विषयलाई लिएर आज दार्जीलिङ डिस्ट्रिक ट्राइबल वेलफेयर एसोसिएसनको समीक्षा सभा सम्पन्न भएको थियो। सभामा ट्राइबल समुदायले सरकारबाट प्राप्त गर्नुपर्ने विभिन्न सहुलियत तथा सुविधाबाट समेत वञ्चित हुनुपरेको विषय उठाइएको थियो। यसै क्रममा दवाङला भोटियाले ट्राइबल सर्टिफिकेटको पुनः प्रमाणीकरण प्रक्रिया र ट्राइबल ल्याण्डको किनबेचसम्बन्धी समस्याले समुदायमा गम्भीर असर पारेको बताएका छन्। भुटियाले ट्राइबल समुदायले पाउनु पर्ने सरकारी सहुलियतबाट वञ्चित हुनुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। सभामा ट्राइबल समुदायको अधिकार संरक्षण, सर्टिफिकेट पुनः प्रमाणीकरण प्रक्रियामा देखिएका समस्या तथा ट्राइबल ल्याण्डको संरक्षणका विषयमा समीक्षा गरिएको थियो।





