पहाडी क्षेत्रमा निर्माण गरिएको फिल्महरुलाई लिएर खरसाङमा तालिम दिवसीय दार्जिलिङ फिल्म फेस्टिभल २०२६ हुने

IMG-20261016-WA0088

खरसाङ: आफ्नै पहाडी क्षेत्रमा निर्माण गरिएको फिल्महरुलाई लिएर साथै फिल्म सम्बन्धमा खरसाङमा आगामी ३०, ३१ अक्टोबर र १ नोभेम्बरको दिन तीन दिवसीय रुपमा दार्जिलिङ फिल्म फेस्टिभल २०२६ सम्पन्न हुने भएको छ। यस विषयमा आज प्रेस क्लब अफ् खरसाङमा लिभिङ द कल्चर फाउण्डेशनको तर्फबाट पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत रुपमा जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा लिभिङ द कल्चर फाउण्डेशनको तर्फबाट मिकमा लेप्चा, श्रध्दा छेत्री र कल्यानी राईले पत्रकारहरुलाई सम्बोधन गर्दै आगामी ३० र ३१ अक्टोबर अनि १ नोभेम्बरको दिन खरसाङको तीन माइलमा तीन दिवसीय रुपमा दार्जिलिङ फिल्म फेस्टिभल २०२६ आयोजना गरिने भएको जानकारी गराएका छन्‌ उक्त तीन दिवसीय दार्जिलिङ फिल्म फेस्टिभलमा दार्जिलिङ पहाड र सिक्किममा बनिएका फिल्महरु प्रदर्शनी साथै फिल्म सम्बन्धमा प्यानल चर्चा, अन्तर कलेज प्रतियोगिता लगायत विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ। उक्त फिल्म फेस्टिभलमा दार्जिलिङ पहाडी क्षेत्रमा नै वनेका र स्थानीय कुराहरुलाई समेटेर बनाइएको फिल्महरु प्रदर्शनी गरिने भएको छ। विशेष गरेर यस फिल्म फेस्टिभलमा हाम्रो पहाडको कथाहरु नमा दिएर आफ्नै पहाडी क्षेत्रमा निर्माण गरिएको फिल्महरु‌ प्रदर्शनी गरिने भएको ‌छ। विशेष गरेर यस फिल्म फेस्टिभलमा सौरभ राई, प्रशान्त रसाईलीको आचार्य, अनन्ददीप रसाइलीको सेतो घारी, फुर्बा लामाको ‘जार’, ‘एक ढाकर जीवन’ लगायतका फिल्महरु प्रदर्शनी गरिने भएको छ। यस दार्जिलिङ फिल्म फेस्टिभलमा वरिष्ठ कलाकार मेनुका प्रधान लगायत फिल्म क्षेत्रका कलाकारहरु र अन्यको विशेष उपस्थिति रहने भएको छ। खरसाङमा हुने उक्त तीन दिवसीय दार्जिलिङ फिल्म फेस्टिभलमा स्थानीय सबैलाई उपस्थितिको लागि आयोजक समितिको तर्फबाट आह्वान् गरिएको छ।

About Author

Advertisement