टुंगो सन्त मेरिज मण्डलको दिलराममा भारतीय जनता पार्टीको सांगठनिक सभासितै ४० घर परिवार भाजपामा सामेल

bf8857da-9162-4622-8071-f1b456943273

सोनादा (१३ सेप्टेम्बर): भारतीय जनता पार्टीको टुंग सन्तमेरिज मण्डल अन्तर्गत दिलराम चियाबारीको भोटे गाउँस्थित सार्वजनिक भवनमा सभा सम्पन्न भएको छ। उक्त सभामा १८४ बुथको सभापति सुगेन तामाङ, समीर तामङ, महिला मोर्चा अध्यक्ष प्रियंका तामाङ, श्याम राई, १७५ बुथका उप सभापति सञ्जय राई, सचिव किरण थापा, अंकित तामाङ, पञ्चायत समिति सदस्या प्रमिला तामाङ, बबि तामाङ, भाजपा जिल्ला युवा उपाध्यक्ष सुमन प्रधान, कमल खवास, जिल्ला अध्ययन समिति, सभासद नुरी शेर्पा विशेष रुपमा उपस्थित रहेका थिए। यी भाजपा पदाधिकारीहरुका विशेष उपस्थितिमा यही सभामा टुंगो सन्त मेरिज मण्डलको इडेलभेल्ली, आनन्द गाउँ, दिलरामको भोटे गाउँ, लोवर चैते पानी बस्तीका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभापति अमीत तामाङ, सचिव दोर्जे तामाङ लगायत ४० देखि ४५ घर परिवार भारतीय जनता पार्टीमा सामेल भएका छन्। यस सभा र भारतीय जनता पार्टीमा सामेल भएको विषयमा सभासद नुरी शेर्पाले भने, टुंगो सन्त मेरिज मण्डलको विभिन्न बुथहरुमा भारतीय जनता पार्टीमा सामेल हुने क्रम जारी रहेको छ र समर्थन कार्यक्रम पनि निरन्तर रुपमा चलिरहेको छ। भविष्यमा पनि टुंग सन्तमेरिज मण्डलको विभिन्न बुथहरुबाट मानिसहरु भारतीय जनता पार्टीमा सामेल हुनेछन्।

About Author

Advertisement