टिस्टा स्टेझ-६ सुरुङ दुर्घटना: मृतकको संख्या २२ पुग्यो, रातभर उद्धार जारी

FB_IMG_1784833355658

नाम्ची: पूर्वी सिक्किमस्थित एनएचपीसी टिस्टा स्टेझ-६ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकहरूको रातभर खोजी तथा उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीले थप शवहरू निकालेसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।
​बुधबार राति १० बजेतिर पश्चिम बंगालको असानसोलबाट इस्टर्न कोलफिल्ड्स लिमिटेड (ईसीएल) को दोस्रो विशेषज्ञ उद्धार टोली घटनास्थल पुगेर उद्धारमा जुटेको थियो। प्राविधिक जटिलता र प्रतिकूल परिस्थितिका बाबजुद विभिन्न निकायका उद्धारकर्मीहरूले मध्यरातिसम्म निरन्तर खोजी कार्य जारी राखेका थिए।
​नाम्ची जिल्ला सूचना अधिकारी (डीआईओ) का अनुसार अहिलेसम्म २२ जनाको शव सुरुङबाट बाहिर निकालिएको छ। बाँकी बेपत्ता श्रमिकहरूको खोजीका लागि विशेष टोलीहरूबीच समन्वय गरी उद्धार कार्यलाई तीव्र पारिएको छ।
​घटनापछि राज्य सरकार, जिल्ला प्रशासन तथा सम्बन्धित निकायहरूले उद्धार कार्यको प्रत्यक्ष अनुगमन गरिरहेका छन्। प्रभावित परिवारलाई राहत तथा उद्धार टोलीलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारी संयन्त्र परिचालन गरिएको जनाइएको छ।

About Author

Advertisement