अरुणाचल: ​​विश्व प्यारा एथलेटिक्स ग्रान्ड प्रिक्समा टिङगोङ वाङपानलाई स्वर्ण पदक

FB_IMG_1784835674569

मुख्यमन्त्री खाण्डूद्वारा बधाई

ईटानगर: मेक्सिकोको त्लाक्सकालामा आयोजना भएको ‘विश्व प्यारा एथलेटिक्स ग्रान्ड प्रिक्स २०२६’ मा भारतीय खेलाडी टिङगोङ वाङपानले स्वर्ण पदक जितेका छन्।
​वाङपानले पुरुषतर्फको २०० मिटर टी३७ प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक कब्जा गरेका हुन्। अन्तर्राष्ट्रिय मञ्चमा देश र राज्यको नाम उच्च राखेको भन्दै अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले वाङपानलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
​मुख्यमन्त्री खाण्डूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै भनेका छन्, “विश्व प्यारा एथलेटिक्स ग्रान्ड प्रिक्समा स्वर्ण पदक जित्न सफल श्री टिङगोङ वाङपानलाई हार्दिक बधाई। अरुणाचल प्रदेश तपाईंको यो ऐतिहासिक सफलतामा गर्व गर्दछ।” उनले वाङपानको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा पनि यस्तै सफलताको निरन्तरताको अपेक्षा व्यक्त गरेका छन्।

About Author

Advertisement