​’युवाको भविष्यभन्दा महत्त्वपूर्ण केही छैन’: प्रधानमन्त्री मोदी

17846130336

प्रश्नपत्र लिक प्रकरणमा फास्ट ट्रयाक कोर्ट बनाइने

​नयाँ दिल्ली: देशमा लगातार भइरहेको प्रश्नपत्र लिक र परीक्षा धाँधलीको विरोधमा विद्यार्थी प्रदर्शन चर्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले युवाको हित र भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन्।
​बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वक्तव्य जारी गर्दै प्रधानमन्त्री मोदीले प्रश्नपत्र लिकमा संलग्न दोषीहरूलाई कडा र द्रुत कारबाही सुनिश्चित गर्न फास्ट ट्रयाक अदालतहरू गठन गर्ने निर्णय भएको जानकारी दिएका छन्। “युवाको भविष्यसँग खिलवाड गर्ने कसैलाई पनि छाडिने छैन,” चेतावनी दिँदै उनले भनेका छन्, “हाम्रा युवाको हित र भविष्यभन्दा ठूलो अरू केही हुन सक्दैन।”
​प्रधानमन्त्री मोदीले सम्बन्धित निकायहरूलाई यस विषयमा आवश्यक कदम चाल्न निर्देशन दिइसकेको र यो निर्णय विद्यार्थीहरूको अधिकार र हित संरक्षण गर्ने उद्देश्यले ल्याइएको बताएका छन्।
​यसअघि केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले सरकार परीक्षामा भएका अनियमितताबारे सरोकारवाला सबैसँग छलफल गर्न तयार रहेको बताएका थिए। मन्त्री नड्डाले आन्दोलनकारी समूह र आमरण अनशनमा बसेका अभियन्ता सोनम वाङचुकसँग वार्ता गरी अनशन तोडेर संवादमा आउन आग्रह समेत गरेका छन्।

About Author

Advertisement