दार्जिलिङ: दार्जिलिङ फस्टले एलिस भिल्ला क्षेत्र दार्जिलिङमा सर सफाई अभियान सम्पन्न गरिएको छ। जेन्जी युवाहरुले गठन गरेको संस्थान दार्जिलिङ फस्टले योभन्दा अघि पनि धेरै स्थानमा सर सफाई अभियान आयोजना गरेको छ। यस संस्थाको उद्देश्य अहिलेको जेन्जीहरुले सफाई गरुम अनि सफा राखौँ भन्ने हो। यस सफाई अभियानमा रंगबुल, सोनादा लगायत विभिन्न स्थानहरुबाट जेन्जी युवाहरु उपस्थित रहेका थिए। यस सफाई अभियानमा दार्जिलिङ नगरपालिकाद्वारा दुइवटा डम्पिङ ट्रक प्रदान गरेकोमा दार्जिलिङ नगरपालिकाको चेयरम्यान दिपेन ठकुरीलाई धन्यवाद दिएका छन् भनी सुभम ठकुरीले जानकारी गराएका छन्।










