सोनादा: सोनादा उच्चतर माध्यमिक विद्यालयमा पीएम सुब्बा मेमोरियल कार्यक्रम सम्पन्न भयो। यस विद्यालयमा स्थापना कालमा एक स्वयंसेवी शिक्षकका रूपमा निःस्वार्थ सेवा पुर्याएका पूर्व शिक्षक पीएम सुब्बाको देहान्तपछि उनका छोरी लेफ्टिनेन्ट कर्नल रेणुका सुब्बाको सौजन्यमा शुरू गरिएको उक्त ट्रस्टले प्रति वर्ष विद्यालयमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्ने गर्छ। पीएम सुब्बा मेमोरियल ट्रस्टमा लेफ्टिनेन्ट कर्नल रेणुका सुब्बाले आफ्नो पिताको नाममा ३.५ लाख नगद अक्षय कोषमा राखिएको हुनाले उक्त कोषको ब्याजद्वारा पाँचौंदेखि बाह्रौं श्रेणीसम्म उत्कृष्ट अङ्क लिएर प्रथम हुने विद्यार्थीहरूलाई प्रमाण पत्र, स्मृति चिन्ह अनि नगद राशि प्रदान गर्ने गरिछ। विद्यालयका प्रभारी बिन्दिया प्रधानको सभापतित्वमा सञ्चालन गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार पुरण गिरी, विशिष्ट अतिथि विद्यालयका सह निरीक्षक तथा विद्यालय प्रशासक आनन्द शर्मा, सम्मानित अतिथिहरूमा सङ्गीतकार दिवस गुरूङ, वरिष्ठ पत्रकार किरण कटुवाल, साहित्यकार जइन्द्र जेनियम,पूर्व प्रधान अध्यापकद्वय भगवान बम्जन, कल्याण लामा आदि उपस्थित थिए। यस वर्ष माध्यमिक परीक्षामा प्रथम हुने विद्यार्थी प्रज्जवल ढुंगेल,उच्चतर माध्यमिक परीक्षामा विज्ञान, वाणिज्य र कलामा क्रमैले अभय तामाङ, आदित्य तामाङ अनि सिमरण छेत्रीलाई पुरस्कार वितरण गरियो भने उत्कृष्ट विद्यार्थी श्रेयसा राईलाई सम्मानित गरियो। कार्यक्रममा स्व पी एम सुब्बाको जीवनी यश्री ग्यामोले सुन्दर ढंगमा प्रस्तुत गरिन्। पूर्व शिक्षक पीएम सुब्बाको विद्यालय प्रतिको योगदान सँगै वक्ताहरुले लेफ्टिनेन्ट कर्णल रेणुका सुब्बाको सहयोग पनि विद्यालयले सदैव सम्झनामा राख्ने प्रधान अध्यापिकाले जनाईनन्। विभिन्न सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरू बिच आयोजना गरियो। सह शिक्षिका ललिता गुरूङले सञ्चालन गरेको उक्त समारोहमा विद्यार्थी लगायत अभिभावकहरू पनि उपस्थित रहेका थिए भनी सह शिक्षक नरेश कटुवालले प्रेस विज्ञप्तीमार्फत बताएका छन्।









