गोर्खाल्याण्ड मागको लागि मानिसहरुलाई जागरुकता फैलाउन पैदल यात्रा

ea8bbf20-f56e-4cde-8a5f-08c56829eae8

हामी साधारण जनताको मांग छुट्टै राज्य गोर्खाल्याण्ड नै हो: सन्दीप प्रधान

खरसाङ: खरसाङका‌ सन्दीप प्रधानले गोर्खाल्याण्डको मागमा पैदल यात्रा शुरु गरेका छन्। उनले दार्जिलिङ मोडदेखि दार्जिलिङको महाकाल धामसम्मको पैदल यात्रा शुरु गरेका छन्। पहिलो दार्जिलिङ मोडबाट पैदल यात्रा शुरु गरेर राती खरसाङसम्म आएर खरसाङमा बसेर आज मंगलबार बिहान खरसाङबाट पैदल यात्रा शुरु गरेर आज दार्जीलिङको महाकाल धाम पुगेर पैदल यात्रा समापन हुने भएको छ।
यसै क्रममा आज खरसाङको टुरिस्ट लजदेखि पैदल यात्रा शुरु गरेर सोनादा आईपुगेका सन्दीप प्रधान र टिम दार्जिलिङसम्म पुग्ने भएको छ। सन्दीप प्रधान लगायत जम्मा 8 जना रहेका छन् जसले गोर्खाल्याण्डको मागमा पैदल यात्रा गरिरहेका छन्। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा पैदल यात्रा गर्दै सोनादा पुगेका सन्दीप प्रधानले पत्रकारहरुलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड मागको लागि मानिसहरुलाई जागरुकता फैलाउन यो पैदल यात्रा आयोजना गरिएको र गोर्खाल्याण्ड माग्नेहरु घरमै बसेर फेसबुक हेरेर मात्र गोर्खाल्याण्डको कुरा गर्ने मात्र होइन तर साँचो रुपमा गोर्खाल्याण्ड चाहिन्छ भनेर सडकमा उत्रेर पनि गोर्खाल्याण्डको माग गर्नेहरु पनि छन् भन्ने सन्देश दिन र गोर्खाल्याण्ड चाहिन्छ भनी यो पैदल यात्रा आयोजना गरिएको जानकारी गराएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै सन्दीप प्रधानले भने, ‘हामी साधारण जनताको मांग यही छ कि हामीलाई छुट्टै राज्य गोर्खाल्याण्ड चाहिन्छ। गोर्खाल्याण्डको नाममा कसैलाई आपत्ति भए नयाँ राज्यको नाम दार्जिलिङ डुवर्स कि दार्जिलिङ राख्दा पनि हुन्छ र यो सरकारले निर्णय गर्दा हुन्छ। यस विषयमा सांसद राजु विष्टले काम गर्नेछ भन्ने विश्वास छ किनभने उनले तेसै महाकाल बाबाको कसम खाएको होइन होला। हामीले कसैको विरोध गरेका होइनौं तर हामी सबैजना एक हुने बेला आएको छ। अबको आन्दोलन सडकमा उत्रेर गर्नु पर्दैन। युवाहरु आन्दोलन गरेर जेल जायोस् भन्ने पक्षमा छैनौं हामी। तर डबल इञ्जिनको सरकार भएको बेला र सरकारले दिन सक्ने क्षमता भएको हामी जनता चुप लागेर बस्नु हुँदैन। हामी सबै एक भएर अघि आउनु आवश्यक छ।’

About Author

Advertisement