खरसाङ: खरसाङमा भव्य रुपमा यसपाली पनि जगनाथ रथ यात्रा निकालिने भएको छ। गत वर्ष झैं यसपाली पनि अखण्ड हरि संकीर्तन समिति खरसाङको आयोजनामा आगामी १६ जुलाईको दिन दिउँसो १ बजीदेखि श्री जगनाथ रथयात्रा महोत्सव २०२६ आयोजना गरिने भएको छ। उक्त जगनाथ रथ यात्रा खरसाङको नयाँ बजारस्थित जगनाथ मन्दिर परिसरबाट शुरु भएर पंखाबारी रोड, हिल कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गरेर वर्ध्दमान रोड भएर रेलवे स्टेशन परिसर भएर पुनः जगदीश मन्दिरमा पुगेर समापन हुने भएको छ। उक्त रथयात्रा जगदीश मन्दिरमा श्रृंगार आरतीपछि शुरु हुने भएको छ। यस विषयमा खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर अखण्ड हरि संकीर्तन समिति खरसाङको पदाधिकारीहरुले विस्तृत रुपमा जानकारी गराएका छन्।
यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अखण्ड हरि संकीर्तन समिति खरसाङको अध्यक्ष राजेन्द्र प्रसाद, उप सभापति पुरुषोत्तम अधिकारी, सचिव रमेश प्रसाद र कोषाध्यक्ष बिक्रम प्रसाद आदिले विस्तृत रुपमा जानकारी गराएका छन्। यस जगनाथ रथ यात्रा विषयमा चारजनाले विस्तृत जानकारी गराउँदै यस यात्रामा सबैलाई उपस्थित भईदिने अनुरोध गरेका छन्।









