जेत्सनलाई जित्ताउन सबैले भोट गरिदिने जेकब खालिङको अपील

IMG-20221217-WA0260.jpg

गान्तोक। राष्ट्रिय स्तरको गायन प्रतियोगिता जीटीभी सारेगामापा लिटल च्याम्पको शीर्ष १०-मा पुगेर राज्य अनि राज्यवासीको नामलाई उज्ज्वलन पार्न सफल सिक्किमे छोरी जेत्सन डोना लामालाई च्याम्पियन बनाउने निधो गर्दै आज जेत्सन डोना लामा सपोर्ट क्लब गठन गरिएको छ। यसबारे यहाँको जनता भवनमा आयोजित महत्वपूर्ण बैठकमा सिक्किम राज्यका विभिन्न सामाजिक संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आज राति जेत्सन डोनाले सारेगामापा लिटल च्याम्पमा प्रस्तुति दिएपछि भोट अपील गर्नेछिन्। त्यसपछि जेत्सनलाई कसरी सर्वाधिक भोट दिइनु सकिन्छ भन्नेबारे आजको बैठकमा व्यापक छलफल गरियो। आजको बैठकमा अखिल किराँत राई संघ, सिक्किम, नेपाली साहित्य परिषद्, ओभिया आर्ट सर्कल, सिक्किम ओलम्पिक एसोसिएशन, सिक्किम अग्रवाल कुटुम्ब, एसोसिएशन अफ् ओल्ड सेटलर्स, ओमास, मिम, म्युजिक इन मोसन, एस.ए.टी, प्रेस क्लब अफ् सिक्किम, जर्नलिष्ट युनियन अफ् सिक्किम लगायत विभिन्न जनसमुदायका प्रतिनिधिहरू, समाजसेवीहरूको उपस्थिति रहेको थियो। जेत्सनलाई भोट गर्न सबैमा जागरूक गराउन यहाँको एमजी मार्ग, लाल बजार परिसर लगायत अन्य प्रमुख स्थलहरूमा समितिका प्रतिनिधिहरू बसेर मानिसहरूलाई भोटबारे अपील गर्ने आजको सभाले निर्णय लिएको छ।

आफ्नो एक अमूल्य मतले जेत्सन डोना लामा सारेगामापा लिटल च्याम्पमा अघि बढ़्नसक्ने भएकोले सबैले नै भोट गरिदिन आज गठित समितिका अध्यक्ष जेकब खालिङले सम्पूर्णमा आह्वान गरेका छन्।

व्यापक छलफल पछि जेत्सन डोना लामा सपोर्ट क्लबको गठन गरियो जसमा जेकब खालिङ अध्यक्ष, भीम रावत उपाध्यक्ष, आर.के. वालिङ महासचिव, तेञ्जिङ लाम्था कोषाध्यक्ष, अमर अग्रवाल सह-कोषाध्यक्ष, हरि ढुंगेल प्रमुख समन्वयक, निलम न्यौपानेलाई समन्वयकको जिम्मेवारी सुम्पिएको छ। योसँगै समितिमा प्रचार-प्रसारको जिम्मेवारी एरोन राई, दिछेन ओङ्मु भोटिया, निर्मल मंगर, शेखर खवासलाई सुम्पिएको छ भने प्रत्येक जिल्लामा एक-एकजना समन्वयक नियुक्त गरिएको छ।

About Author

Advertisement