गान्तोक: पाकिम जिल्ला अन्तर्गत लिङ्के स्कूलमा कम्पलेक्सस्तरीय अवकाशप्राप्त शिक्षकहरूलाई लिएर विदाई कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा पूर्व डीआईजी छिरिङ भोटिया रहेका थिए भने विशिष्ट अतिथिहरूमा खाद्य एवम नागरिक आपूर्ति विभागका सल्लाहकार इञ्चुङ भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा २०१८-२२ सम्ममा अवकाश ग्रहण गरेका कूल १४ जना शिक्षकहरूलाई समावेश गरिएको थियो। उनीहरूको समाज र राज्यप्रतिको योगदानलाई कदर गर्दै यस कार्यक्रम अन्तर्गत सम्मान जनाइयो। आफ्नो छोटो सम्बोधनमा मुख्य अतिथि भोटियाले सर्वप्रथम अवकाश शिक्षकहरूको रहल दिनहरू राम्रोसँगले बितोस् भन्ने कामना गरे। अवकाशप्राप्त शिक्षकहरूले समाजलाई अघि बढाउनको निम्ति अहंम भूमिका निर्वाह गर्न सक्ने बताए।









