विधानसभा उपाध्यक्ष साङ्गे लेप्चाले गरे पाठशाला भवनको उदघाटन

IMG-20221217-WA0262.jpg

गान्तोक: योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक एवम सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चाले टाशीडिङस्थित पेवथाङमा सरकारी प्राथमिक पाठशाला भवनको उदघाटन गरे। उदघाटन कार्यक्रममा महकुमा अधिकारी छिरिङ टी. भोटिया, खण्ड विकास अधिकारी ग्यारेप दोर्जी भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। राज्यको शिक्षा विभागको पहलमा दुई तले पाठशाला भवनको निर्माम गरिएको हो। विद्यार्थीहरूलाई चाहिने आवश्यक पूर्वधारलाई ध्यानमा राख्दै हाल सरकारले विभिन्न स्थानमा पूर्वधारको निर्माण गरिरहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले राज्य सरकारले विद्यार्थीहरूलाई सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले काम गरिरहेको बताए। विद्यार्थीहरूलाई सबै कुराको सुविधा उपलब्ध गराउन राज्य सरकारले प्राथमिकता दिएको अवगत गराए। वर्तमान सरकारले शिक्षाको क्षेत्रमा गरेका विकासका कामहरूबारे पनि विधायकले प्रकाश पारे।

About Author

Advertisement